जापान, अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकलाई दिइयो रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
सारांश
- यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जापान, अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरूलाई प्रदान गरियो।
- वैज्ञानिकहरूले मेटल अर्गानिक फ्रेम वर्क्स नामक अणु बनाएका छन्, जसले ग्यास र रासायनिक पदार्थहरूलाई सहजै पास गर्न सक्छन्।
- यस प्रविधिको प्रयोग मरुभूमिको हावाबाट पानी सङ्कलन, कार्बनडाइअक्साइड सफा गर्न र विषाक्त ग्याँसहरू भण्डारण गर्न प्रयोग गर्न सकिन्छ।
स्टकहोम । यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जापान, अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकलाई दिइएको छ । स्वीडेनको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले बुधबार जापानका सुसूको कितागावा, अस्ट्रेलियाका रिचार्ड रोबसन र अमेरिकाका उमर एमआरलाई साे पुरस्कार दिने घोषणा गरेको छ ।
यी तीन जनाले मिलेर यस्तो अणु बनाएका छन्, जसमा ठूल्ठूला खाली हिस्सा हुन्छन् । यसमा ग्यास र अन्य रासायनिक पदार्थ सहजै पास हुन सक्छन् । यी संरचनालाई मेटल अर्गानिक फ्रेम वर्क्स भनिन्छ । यसमा यस्ता क्रिस्टलहरू हुन्छन्, जसमा ठुला खाली भागहरू हुन्छन् । ।
कुनै विशेष चीजलाई समात्न वा भण्डार गर्न सकियोस् भनेर यसलाई विशेष तरिकाले डिजाइन गरिन्छ । यसको प्रयोग मरुभूमिको हावाबाट पानी सङ्कलन गर्न, कार्बनडाइअक्साइडलाई सफा गर्न र विषाक्त ग्याँसहरू भण्डार गर्न अनि रासायनिक गतिविधिहरू तीव्र पार्न प्रयोग गर्न सकिन्छ ।
विजेताहरूले ११ करोड स्विडेनी क्रोन, गोल्ड मेडल र प्रमाणपत्र पाएका छन् । पुरस्कारको राशि तीन जनाबिच बराबरी बाँडिनेछ । पुरस्कार १० डिसेम्बरमा स्टकहोममा दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण