वाणिज्य बैंक लुटमा संलग्न २ जना पक्राउ
सारांश
- काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव रहेका छन्, र उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ।
- लुटपाटको क्रममा संलग्न नदेखिएका पाँच जनालाई भने प्रहरीले रिहा गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव छन् ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनीहरू बैंक लुटपाटमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । यादव मंगलबार काभ्रेबाट पक्राउ परेका हुन् । उनीहरु विरुद्ध प्रहरीले डाँकाचोरी र आपराधिक उपद्रव मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रदर्शन भएकै साँझ सेनाले बानेश्वर क्षेत्रबाट ५ जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएको थियो । तर, उनीहरू लुटमा संलग्न नदेखिएको भन्दै प्रहरीले रिहा गरेको छ ।
बैंक लुट्नेहरूको भिडियो बनाउँदा ललितपुर घर भएका सुरेश देउलातर्फ लुटेराले रकम फालेर हिँडेका थिए । देउलाले ५ लाख १० हजार ५ सय रुपैयाँ प्रहरीलाई बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण