माइतीघरमा भोली हुने भनिएको प्रदर्शन स्थगित, प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
सारांश
- माइतीघर मण्डलामा 'एनटिएके-जेड' समूहको बिहीबार हुने भनिएको प्रदर्शन स्थगित गरियो।
- जिल्ला प्रशासन कार्यालयले कार्यक्रम स्थगित गरिएको र कानुन विपरीत गतिविधि नगर्न सूचना जारी गर्यो।
- प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न र कुनै अवाञ्छित गतिविधि भए प्रहरीलाई खबर गर्न अनुरोध गर्यो।
काठमाडौँ। माइतीघर मण्डलामा बिहीबार हुने भनिएको ‘एनटिएके-जेड’ समूहको प्रदर्शन स्थगित गरिएको छ । समूहले बिहीबार बिहान १० बजेबाट प्रदर्शन गर्ने भनी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको निवेदन विचाराधीन रहँदै बुधबार नै प्रदर्शन नगर्ने निर्णय सार्वजनिक गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ एक सूचना मार्फत समूहले कार्यक्रम स्थगित गरेको जानकारी दिँदै सोही नाममा वा अन्य कुनै अनौपचारिक समूहबाट कार्यक्रम गर्न खोजिए कानुन विपरीतका गतिविधि हुनसक्ने भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अराजक तत्त्वहरूको घुसपैठ, आगजनी र तोडफोड भएका घटनाको पुनरावृत्ति हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले प्रदर्शनकारी, अभियन्ता, राजनीतिक शक्ति र नागरिक समाज सबैलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।
प्रशासनले कोही कसैले अवाञ्छित गतिविधिमा संलग्न भएको वा हुनसक्ने सूचना भएमा नजिकको सुरक्षा निकाय वा प्रहरी हटलाइन नम्बर १०० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण