शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन
सारांश
- मन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालयका निकायलाई निर्देशन दिएका छन्।
- नास्टमा बजेटको प्रशासनिक खर्च कम गरी अनुसन्धान र नवप्रवर्तनमा जोड दिन निर्देशन दिएका छन्।
- शिक्षक दरबन्दी मिलान, विद्यालय मर्जर र डिजिटल शैक्षिक सामग्री निर्माणमा जोड दिन निर्देशन दिए।
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बुधबार बसेको बैठक र दिएको निर्देशन भन्दै तीन बुँदा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्– 'नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्टाएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्याबहरू उच्च कोटीका छन्। भवन र ल्याब अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएँ।'
दोस्रो निर्देशनमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रसँग सम्बन्धित छ । शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने निर्देशन दिएको पुनको भनाइ छ ।
साथै पाठ्यक्रम विकास केन्द्रसँग पनि बुधबार नै छलफल भएको र सामुदायिक तथा संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको पुनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण