‘गाजा युद्ध विराम सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र हमासबिच गाजा युद्ध विरामको सम्झौताका लागि इजिप्ट जाने बताए।
- ट्रम्पका अनुसार, बन्धकहरू 'सोमबार वा मङ्गलबार' रिहा हुनेछन्, जसले गाजामा युद्ध समाप्त गर्नेछ।
- सम्झौतामा गाजाबाट सेना फिर्ता र प्यालेस्टिनी कैदीहरूको रिहाइको सम्भावना रहेको छ, जसमा सहायता वृद्धिको परिकल्पना गरिएको छ।
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजा युद्ध विराम र बन्धक रिहाइको सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट जाने प्रयास गर्ने बिहीबार बताएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी क्याबिनेट बैठकमा भने, “म प्रयास गर्नेछु । हामी त्यहाँ पुग्ने प्रयास गर्नेछौँ। गाजामा युद्ध विराम गर्नका लागि सही समयमा हामीले काम गरिरहेका छौँ।”
ट्रम्पले प्यालेस्टाइन क्षेत्रमा बन्धक बनाइएका व्यक्तिहरूलाई ‘सोमबार वा मङ्गलबार’ रिहा गरिने बताए । उनले यो युद्ध विराम सम्झौतासँगै ‘गाजामा युद्ध समाप्त’ हुनेछ।
इजरायलको पूर्ण मन्त्री परिषद्ले सम्झौतालाई अनुमोदन गर्न बैठकमा आह्वान गर्ने बैठकले सेना गाजाबाट हट्नु पर्छ र बन्धकहरूको बदलामा सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नु पर्छ भन्ने विषयमा ऐक्यवद्धता जनाउने सम्भावना प्रवल बनेको छ।
सम्झौताले संयुक्त राष्ट्रसङ्घले भोकमरीको घोषणा गरेको गाजामा सहायताको वृद्धिको पनि परिकल्पना गरेको छ।
इजरायली सेनाले सम्झौताअनुसार गाजाबाट सेना फिर्ता गर्ने तयारी गरिरहेको बताएको छ।
ट्रम्पको योजनामा हमासको निःशस्त्रीकरण र गाजामा अमेरिकी राष्ट्रपतिको नेतृत्वमा सङ्क्रमणकालीन प्राधिकरणले शासन गर्ने पनि कल्पना गरिएको छ । यद्यपि यी बुँदाहरू अझै छलफलमा सम्बोधन गरिएको छैन।
हमासभित्रको एक स्रोतले एएफपीलाई बताएअनुसार सम्झौताको पहिलो चरणको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा हमास समूहले एकैपटक २० जीवित बन्धकहरूलाई मुक्त गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण