हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम
शुक्रबार, २४ असोज २०८२, ०८ : २५
सारांश
- इजरायल र हमासबीचको युद्धविराम सहमति भएपछि हमासले २० जना युद्धबन्दीको सूची सार्वजनिक गर्यो।
- समीक्षा सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश छैन।
- इजरायलका लागि नेपाली राजदूतले जोशीको अवस्था अज्ञात रहेको बताए।
काठमाडौँ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।
अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण