समाचार
राष्ट्रपतिले बोलाएको छलफलमा एमालेबाट ईश्वर र शंकर सहभागी
शुक्रबार, २४ असोज २०८२, १६ : २०
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि एमालेका नेताहरूलाई शीतल निवासमा बोलाए।
- निर्वाचनबारे छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो।
- निर्वाचन मिति तोकिएपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया सुरु गरिसकेको छ, तर दलहरूबीच एकरूपता छैन।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको छलफलमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल गएका छन् ।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न विघटित प्रतिनिधिसभा र सरकारका प्रतिनिधिलाई आज शुक्रबार बोलाएका थिए ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको मिति तोके पनि सरकार र राजनीतिक दलका प्रतिनिधिबिच छलफल हुन सकेको थिएन ।
निर्वाचन मिति तोकिएपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया सुरु गरिसके पनि दलहरूबिच निर्वाचनबारे एकरूपता हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण