निर्वाचनका लागि सुझाव सङ्कलन गर्न रास्वपाकाे कार्यदल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनका लागि कार्यदल गठन गरेको छ।
- कार्यदलले सात दिनभित्र सुझाव सङ्कलन गरी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्नेछ।
- पार्टीले राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन डा.स्वर्णिम वाग्लेलाई दिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टी सचिवालयको बैठकले आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव सङ्कलन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
उक्त कार्यदललाई सुझाव सङ्कलनका लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलाई गर्न दिने निर्णय पनि गरेको छ ।
रास्वपाले केन्द्रीय सल्लाहकार परिषद् गठन गरी परिषदमा जगन्नाथ पौडेल, नमस्तेलाल भूमि, शोभा जोशी बिजुक्छे, बुद्धिलाल विश्वकर्मा, जयकिशोर लाललाई नियुक्त गरेको छ । त्यस्तै हरि ढकालको नेतृत्वमा कात्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठक व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण