क्रिकेट
पीएनजीमाथि ओमानको ५२ रनको जित
शनिबार, २५ असोज २०८२, ०० : १०
सारांश
- ओमानले टी-ट्वान्टी छनोट प्रतियोगितामा पपुवा न्युगिनीलाई ५२ रनले पराजित गर्यो।
- ओमानले पहिले ब्याटिङ गर्दै १३८ रन बनायो, जसमा विनायक शुक्लाले सर्वाधिक ४८ रन बनाए।
- पपुवा न्युगिनी १६.४ ओभरमा ८६ रनमा समेटियो, जसमा सेसे बाउले ३५ रन बनाए।
काठमाडौँ । विश्वकप टी- ट्वान्टी छनोट प्रतियोगितामा ओमानले उत्कृष्ट प्रदर्शन गर्दै पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको सानदार जित दर्ता गरेको छ । समूह चरणको खेलमा ओमानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।
ओमानका विनायक शुक्लाले सर्वाधिक ४८ रन प्रहार गरे भने मोहम्मद नदीमले २८ र जतिन्दर सिंहले १९ रनको योगदान दिए। बलिङतर्फ पपुआ न्यूगिनीका कबुआ मोरियाले २ विकेट लिँदा अलेई नाओ र गाउडी टोका १-१ विकेटमा सीमित रहे ।
लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी १६.४ ओभरमै ८६ रनमा समेटियो । सेसे बाउले ३५ र प्याट्रिक नाउले १९ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
ओमानका बलरहरू शाकिल अहमद र जितेनकुमार रमनन्दीले समान ३-३ विकेट लिए भने नदीम खानले २ विकेट झारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण