राष्ट्रपति पौडेल अस्पताल भर्ना
शनिबार, २५ असोज २०८२, १४ : १७
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
- स्वास्थ्यमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।
- राष्ट्रपति कार्यालयका अनुसार उनलाई साँझ डिस्चार्ज गर्ने तयारी छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई आजै साँझ डिस्चार्ज गर्ने तयारी गरिएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले शनिवारै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफल दुई दिन सारेर उनी अस्पताल भर्ना भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण