देशलाई मुठभेडबाट जोगाउन माओवादी नेता शर्माको आग्रह
शनिबार, २५ असोज २०८२, १५ : ०६
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुनबाट जोगाउन आग्रह गरेका छन्।
- विभिन्न दलका नेता र नयाँ पुस्ताको अभिव्यक्तिका कारण देश मुठभेडमा जाने हो कि भन्ने चिन्ता बढेको छ।
- नेता शर्माले शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गर्न आग्रह गर्दै राष्ट्रको रक्षामा जोड दिए।
काठमाडौँ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुनबाट जोगाउन आग्रह गरेका छन् । नेता शर्माले शनिबार आफ्नो फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।
विभिन्न दलका नेताले दिएको अभिव्यक्ति र जेनजी पुस्ताहरूबाट आएको अभिव्यक्तिले देश मुठभेडमा जाने हो कि भन्ने आशङ्का भइरहेका बेला नेता शर्माको यस्तो अभिव्यक्ति आएको हो ।
उनले भनेका छन्– ‘राष्ट्र भन्दा ठुलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर होइन शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गरौँ ।’
उनले के–के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ त्यसका लागि आफैँलाई तयार गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण