बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुरमा एकै रात दुई घरबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

शनिबार, २५ असोज २०८२, १७ : २१
शनिबार, २५ असोज २०८२

सारांश

  • भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भयो, जसमा १२ लाख ८९ हजारभन्दा बढीको धनमाल चोरी भएको छ।
  • सूर्यविनायक र मध्यपुर थिमीमा भएका चोरीका घटनामा नगद, सुन र चाँदीका गहना चोरी भएका छन्।
  • प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी र घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरेका छन्।

पहिलो घटना सूर्यविनायक नगरपालिका-१० भंगालमा भएको हो। यहाँ ३८ वर्षीय सकुल ढकालको घर बाट गए राति नगद, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ७ लाख ४९ हजार २ सय ५५ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यसैगरी, सोही रात भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ मा डेरा गरी बस्ने सिन्धुपाल्चोकका जीवन श्रेष्ठको कोठाबाट पनि चोरी भएको छ। उनको कोठाबाट नगद, सुन र चाँदीका गरगहना गरी करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप