कालीप्रसाद बाँस्कोटा आइतबार बेलायतको म्यानचेस्टरमा गुञ्जिँदै
काठमाडौँ । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा आइतबार अर्थात् १२ अक्टोबरमा बेलायतको म्यानचेस्टरमा गुञ्जिँदैछन् । त्यसका लागि शुक्रबार उनी बेलायत पुगिसकेका छन् ।
दसैँ-तिहारको अवसर पारेर ८८४८ भाइब्सले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो । म्यानचेस्टरमा यो कालीप्रसादको पहिलो कार्यक्रम हुनेछ । नेपालकै झल्को दिनेगरी दसैँ र तिहार सांगीतिक कार्यक्रम गरिने आयोजक ८८४८ भाइब्सका प्रबन्ध निर्देशक मनोज बजगाईंले जानकारी दिए ।
कार्यक्रममा कालीप्रसाद लाइभ ब्यान्डका साथ निर कहिले हँसाउने, माया पिरती, पारि त्यो डाँडामा, अजम्बरी लाउँला पिरती, साली मनपर्यो, राई माइला लगायत लोकप्रिय गीतहरु प्रस्तुत गरेर दर्शक-श्रोतालाई झुमाउनेछन् । कार्यक्रममा कालीप्रसादको लाइभ कन्सर्टका साथै बालबालिकामैत्री खेल, नृत्यहरु समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
८८४८ भाइब्सले केही महिनाअघि गायक रामकृष्ण ढकालको पनि एकल साँझ आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण