जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
सारांश
- कञ्चनपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
- कञ्चनपुरमा सुरेन्द्र बोहराको पसलमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- दाङमा राममाया घर्तीको घरमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ । कञ्चनपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ पिपरैयास्थित सोही नगरपालिका–१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्रसहित ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४ सय ९१ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने ३६ वर्षीय प्रेमप्रकाश वली समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण