शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फिल्मको प्रचारका लागि साङ्गीतिक कार्यक्रममा राजेशपायल र तक्मेबुढा

आइतबार, २६ असोज २०८२, १२ : ५२
आइतबार, २६ असोज २०८२

सारांश

  • फिल्म 'मैझारो' को प्रचारका लागि निर्माताले साङ्गीतिक कार्यक्रम सुरु गरेका छन्।
  • निर्देशक विल्सनविक्रम राईको प्रस्तुतिसहित धरान र विर्तामोडमा कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रमको उद्देश्य फिल्मको प्रचार र दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हो।

काठमाडौँ । पछिल्लो समय फिल्मको प्रचारका लागि निर्माता निर्देशकले साङ्गीतिक कार्यक्रम गर्न थालेका छन् । यसो गर्दा प्रचार फरक देखिने र दर्शक आकर्षित हुने उनीहरूको बुझाई छ ।

यस्तैमा ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पनि पूर्वी नेपालका सहरबाट साङ्गीतिक कार्यक्रम थालेको छ ।

हास्य कलाकारसमेत रहेका निर्देशक विल्सनविक्रम राईले आफ्नै साङ्गीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउँदै कार्यक्रम गरिहरेका छन् । उनीसँग गायक राजेशपायल राई, सङ्गीतकार तथा गायक अनमोल गुरुङ लगायतको पनि प्रस्तुति रहने गरेको छ । बिहीबार धरानमा कार्यक्रम गरेको युनिटले शनिबार विर्तामोडको मुक्ति चोकमा कार्यक्रम गरेको छ । 

‘फिल्मको प्रचार पनि हुने र दर्शकलाई मनोरञ्जन पनि दिने कार्यक्रमको उद्देश्य हो’, विल्सन विक्रमले भने । यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुई गीत र टिजर सार्वजनिक भैसकेका छन् । 

विल्सन विक्रमकै लगानीमा निर्माण भएको फिल्मले मौलिक प्रेम कथा उठाएको छ । फिल्ममा धिरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ । फिल्म ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा फिल्म निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप