मतदाता सूचीमा नाम दर्ता गराउन अनेरास्ववियुको अनुरोध
सारांश
- अनेरास्ववियुले मतदाता सूचीमा नाम दर्ता गर्न विद्यार्थीहरूलाई अनुरोध गरेको छ।
- निर्वाचन आयोगले फागुन २१ गते निर्वाचन मिति तोकेको र १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउनेछन्।
- अनेरास्ववियुले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकताको आह्वान गरेको छ।
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुले मतदाता सूचीमा नाम दर्ता गराउन सबै कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गरेको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीले आइतबार सर्कुलर जारी गर्दै निर्वाचन आयोगले आगामी फागुन २१ गतेलाई निर्वाचन मिति तोकेकाले मतदाता मतदाता सूचीमा नाम दर्ता उमेर पुगेका कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गरेका हुन् ।
‘निर्वाचन आयोगले २०८२ फागुन २१ गतेलाई निर्वाचन मिति तोकेको र फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने निर्णय भएको हुँदा मतदाता सूचीमा नाम दर्ता वा अद्यावधिक गर्न बाँकी सम्पूर्ण कमरेडहरूले निर्वाचन आयोगले तोकेको प्रक्रियाअनुसार मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरिन्छ’, महासचिव धामीले जारी गरेको विशेष सर्कुलरमा उल्लेख छ ।
उनले मातहतका कमिटीहरूलाई मतदाता नामावलीमा समावेश हुन बाँकी सबैलाई सम्बन्धित निकायको दर्ता प्रक्रियामा सहजीकरण गर्न अनुरोध समेत गरेका छन् ।
उनले निर्वाचित सरकारको अनुपस्थितिका बिच सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासन जस्ता संवैधानिक मूल्यहरूमा चुनौतीपूर्ण अवस्था व्यहोर्नु परिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि अनेरास्ववियुको सबै पङ्क्ति अझ संगठित, र एकताबद्ध भई राष्ट्रहितमा सक्रिय रहनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण