विजयी यात्रा कायम राख्ने लक्ष्यसहित कतारको सामना गर्दै नेपाल
सारांश
- आज आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदैछ।
- नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो, दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ प्रदर्शन रह्यो।
- यो खेल ओमानमा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ, र यसअघि नेपाल र कतार तीन पटक भिडेका छन्।
काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया तथा इएपी छनोट २०२५ अन्तर्गत सुपर सिक्सको महत्त्वपूर्ण खेलमा नेपालले आज कतारको सामना गर्दैछ ।
ओमानको अल अमेरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
नेपाल र कतार यसअघि तीन पटक आमने सामने भएका छन् । यसमध्ये २ खेल नेपालले र एक खेल कतारले जितेको छ । पछिल्लोपटक नेपालले कतारलाई सन् २०२५ को अप्रिलमा ८ विकेटले हराएको थियो । त्यसअघि सन् २०२४ को अप्रिलमा नेपाल ३२ रनले विजयी भएको थियो । कतारले सन् २०१९ को जुलाईमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले सुपर सिक्स चरणमा विजयी सुरुवात गरिसकेको छ । आइतबार भएको रोमाञ्चक खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराएको थियो । अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै जित सुनिश्चित गरे । अन्तिम तीन बलमा तीन रन आवश्यक हुँदा यूएईले लगातार तीन विकेट गुमाएको थियो ।
खेलमा नेपालले विकेटकिपर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा १४० रन बनाएको थियो । जवाफमा यूएईका अलिशान शरफुले ४० बलमा ५८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका ऐरी प्लेयर अफ द म्याच घोषित भए ।
सुपर सिक्समा शीर्ष तीन टिमले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने २० टिमको टी-२० विश्वकपमा स्थान बनाउनेछन् । समूह चरणमा जापान र कुवेतलाई हराएको नेपाल यो छनोट प्रतियोगितामा अहिलेसम्म अविजित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण