जेनेभा जाँदै राष्ट्रियसभा अध्यक्ष दाहाल
सारांश
- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन जेनेभा जाने भएका छन्।
- अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी दिए।
- उनले अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा उठाउने बताए।
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन असोज ३१ गते जेनेभा जाने भएका छन्।
आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी गराएको बताएका हुन्।
यस वर्षको अन्तर-व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु ‘मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने’ रहेको उनले जानकारी दिए।
अध्यक्ष दाहालले भने, ‘यो नियमित जस्तै पनि हो। मैले दुई-तीन पटक भेटिसकेको छु। असोज ३१ गते म जेनेभा जाँदैछु। अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो।’
उनले अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण