ट्रम्पले इजरायलको राष्ट्रपति सम्मान पदक प्राप्त गर्ने
सोमबार, २७ असोज २०८२, १० : ४०
सारांश
- इजरायली राष्ट्रपति आइज्याक हर्जोगले डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने निर्णयबारे जानकारी गराउने भएका छन्।
- ट्रम्पलाई इजरायललाई दिएको समर्थनको सम्मानमा यो सम्मान प्रदान गर्न लागिएको हो।
- हर्जोगले इजरायली संसदमा ट्रम्पलाई निर्णयबारे जानकारी गराउनेछन् र ट्रम्पले संसदलाई सम्बोधन गर्नेछन्।
काठमाडौँ । इजरायली राष्ट्रपति आइज्याक हर्जाेगले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने निर्णयबारे ट्रम्पलाई जानकारी गराउने भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रम्पले इजरायललाई दिएको अटल समर्थनको सम्मानमा यो सम्मान प्रदान गर्न लागिएको हर्जोगले बताए ।
द जेरुसेलम पोस्ट र वाईनेट न्युजका अनुसार हर्जाेगले सोमबार इजरायली संसद् ‘नेसेट’को बैठकमा ट्रम्पलाई निर्णयको बारेमा जानकारी गराउनेछन् । ट्रम्पले सोमबार इजरायली संसद्लाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण