‘विपिन फर्किने आशामा परिवार’
सारांश
- इजरायली सेनाले हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको खबर परिवारलाई दिएको छ।
- विपिनको परिवारले भने सबै बन्धक रिहा नभएसम्म आशा नमार्ने बताएका छन्।
- २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा विपिनलाई बन्धक बनाइएको थियो र उनको अवस्था अज्ञात थियो।
धनगढी । हमासको आक्रमणपछि इजरायलबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको खबर इजरायली सेनाले परिवारलाई दिएको छ । यद्यपि, उनको परिवारले भने सबै बन्धकहरू रिहा नभएसम्म आशा नमार्ने बताएको छ ।
इजरायली डिफेन्स फोर्सका एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार सोमबार बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
उक्त भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा, नेपालमा रहेका उनका ठुलाबाका छोरा दाजु किशोरचन्द्र जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरू सहभागी थिए ।
राजदूत पण्डितले इजरायली सेनाले परिवारकै सामु ‘उनी अब छैनन् ’भनी जानकारी दिएको बताए। यद्यपि, विपिनको मृत्यु कहिले र कसरी भयो भन्नेबारे थप विवरण दिइएको छैन ।
यो खबर सार्वजनिक भएपछि विपिनका दाजु किशोरचन्द्र जोशीले हमासले अझै पनि बन्धकहरू छोड्न बाँकी रहेकाले तत्काल आशा मार्न नसकिने बताएका छन् ।
‘युद्धविराम क्रममा आज बन्धकहरू रिहा भइरहेका छन्। बिहान इजरायलसँग पनि कुरा भयो, हमासले आधिकारिक रूपमा छोड्नेमा अझै मान्छेहरू बाँकी छन्, त्यसैले हामीलाई अझै आशा बाँकी छ। भाइ विपिन आउँछ भन्ने आशा छ,’ उनले भने ।
विगत दुई वर्षदेखि परिवारले विपिनको अवस्थाबारे कुनै ठोस जानकारी पाएको थिएन। उनको अवस्था अज्ञात नै रहेको र परिवार शुभ समाचारको पर्खाइमा रहेको जोशीले बताए ।
‘हामी दुई वर्षदेखि पर्खाइमा छौँ, भर्खर मान्छेहरू छुटिरहेका छन्,’ उनले भने, हमासले भाइको बारेमा केही भनेको छैन, उनको अवस्था अज्ञात नै छ । सबै मानिसलाई छोड्ने कुरा आइरहेकाले हामीले आशा मारेका छैनौँ। हामी पर्खाइमा छौँ र आशावादी हुनुको विकल्प छैन,’।
परिवारले सामाजिक सञ्जालमा आउने अपुष्ट खबरहरूले थप पीडा दिएको गुनासो गरेको छ । ‘अहिले हाम्रो सबैभन्दा ठुलो आवश्यकता भनेको भ्रामक र अपुष्ट खबरहरू नआओस् भन्ने हो,’ जोशीले भने ।
२०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो । उनको रिहाइका लागि विपिनकी आमा पदम र बहिनी पुष्पा अमेरिकामा छन्। बुवा भने घरमा छन् ।
परिवार यो अवस्था पनि आशावादी भएर बलियो रूपमा रहेको किशोर बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण