मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो
सारांश
- मेक्सिकोमा भारी वर्षापछिको बाढीले ४७ जनाको मृत्यु भएको छ।
- बाढीबाट प्रभावित क्षेत्रमा राहतकर्मीहरूले उद्धार र राहत वितरण गरिरहेका छन्।
- राष्ट्रपतिले टाढा रहेका समुदायहरूमा एयरलिफ्ट गर्न अनुमति दिएका छन् र सेना परिचालन गरिएको छ।
मेक्सिको सिटी । मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४७ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ ।
मेक्सिकन अधिकारीहरूले विशेष गरी पाहाडी क्षेत्रहरू, हिमश्रङ्खला लगायतका संरचना पानीको कारण प्रभावित भएको र राहतकर्मीहरू राहत वितरणका लागि हर सम्भव प्रयास गरिरहेको जनाएका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्स मार्फत मौसमी अवस्थाका कारण टाढा रहेका समुदायहरूमा एयरलिफ्ट गर्न अनुमति दिएको जनाएका छन् ।
फसेका बासिन्दाहरूलाई उद्धार गर्न र प्रभावित समुदायहरूमा खाना पुर्याउन लगभग दश हजार सेना तैनाथ गरिएको छ ।
मेक्सिकोले सन् २०२५ मा असामान्य प्रकृतीको भारी वर्षाको अनुभव गर्नुका साथै राजधानी मेक्सिको सिटीमा अहिले सम्मको सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो ।
अधिकारीहरूले उष्णकटिबन्धीय आँधीबेहरी रेमण्ड र प्रिस्किल्लाका कारण प्रशान्त तटका क्षेत्रहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् । आँधीबेहरी र बर्षा बाट संरचना कमजोर भएको र अझै पनि देशको पश्चिमी भागमा भारी वर्षा भइरहेकोले चियापास, ग्युरेरो, ओक्साका र मिचोआकन राज्यहरूमा क्षति पुरयाइरहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण