नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी दर्ता
सारांश
- नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ मा ५१२ नेपाली खेलाडी दर्ता भएका छन्, जुन सिजन १ को भन्दा धेरै हो।
- एनकेएल सिजन २ मा विदेशी खेलाडीको आकर्षण पनि बढेको छ, र ४०-५० विदेशी खेलाडी लिने योजना छ।
- पहिलो सिजनमा जनकपुर एनकेएल च्याम्पियन बनेको थियो, र सिजन २ को मिति चाँडै सार्वजनिक गरिनेछ।
काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्यधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५१२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले बिहीबार जनाएको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए । ‘पहिलो सिजनको ड्राफ्टमा २७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५१२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्यधिक वृद्धि भएको पाएका छौँ ।’
एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्वाधिक १५५ खेलाडी छन् । त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीका ९८, मधेस प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन् । गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको सङ्ख्या ६६ थियो ।
‘विदेशी खेलाडीको आकर्षण पनि अत्यधिक बढेको छ । धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन् । हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना विदेशी खेलाडी लिनेछौँ । उनीहरू पक्कै पनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बङ्गलादेश, श्रीलङ्का र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।
नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रूपमा एनकेएलको सिजन १ (१७–३१ जनवरी, २०२५ मा) भव्यताका साथ सम्पन्न भएको थियो । फ्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्ड क्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमाञ्चक फाइनलमा काठमाडौँलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौँका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।
सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण