क्रिकेट
रोहितको अर्धशतकमा नेपालद्वारा कतारलाई १४८ रनको लक्ष्य
सोमबार, २७ असोज २०८२, २२ : २५
सारांश
- रोहित कुमार पौडेलको अर्धशतकको मद्दतले नेपालले कतारलाई १४८ रनको लक्ष्य दियो।
- नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो।
- रोहितले ५८ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २६ रन जोडे।
काठमाडौँ । कप्तान रोहित कुमार पौडेलको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई १४८ रनको लक्ष्य दिएको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
नेपालका लागि रोहितले ५८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २६ रन बनाउँदा गुलशन झाले १६ रनको योगदान गरे ।
कतारका लागि डेनियल आर्चर मारिया लोगइस र मिर्जा मोहम्मद बेगले ती–तीन विकेट लिए । मोहम्मद–असिम लिकात–अलि र असिम अहमदले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण