मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
सारांश
- मेक्सिकोमा बाढीका कारण कम्तिमा ६४ जनाको मृत्यु भएको छ, र ६५ जना बेपत्ता छन्।
- बाढीले भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा ठूलो क्षति पुर्याएको छ, गाउँहरू डुबानमा परेका छन्।
- राष्ट्रपति क्लाउडिया शेनबामले उद्धारका लागि हजारौं सैनिक परिचालन गर्नुभएको छ, आश्रयस्थलहरूमा विस्थापितहरूलाई राखिएको छ।
मेक्सिको सिटी । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पुर्याएको बताए ।
मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले वृद्धि भएको र यसले प्रकोपको अझै पनि बढ्दो परिमाणलाई सङ्केत गर्दछ। बाढीले पूरै गाउँमा नदीहरू पसेकोे, ठाउँ ठाउँमा साना ठूला पहिरो निम्त्याएको र सडक तथा पुलहरू बगाएको छ।
राष्ट्रपति क्लाउडिया शेनबामले उद्धार प्रयासमा सहयोगका लागि हजारौं सैनिकका साथै डुङ्गा, विमान र हेलिकप्टर परिचालन गरिएको बताएकी छन् ।
उनले भनिन्, ‘प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी सैनिकहरू तैनाथ हुनेछन् सेनाले उद्धार उपकरण र सवारी साधनहरूको सहयोगमा प्रभावित क्षेत्रमा सहायता वितरण गर्न मद्दत गर्नेछ।’
घरबाट विस्थापित भएकाहरूका लागि दर्जनौँ आश्रयस्थलमा राखिएको छ । मेक्सिकोमा सन् २०२५ भरि विशेष गरी भारी वर्षा भएको छ भने राजधानी मेक्सिको सिटीमा वर्षाको उच्च रेकर्ड कायम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण