अपडेट
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो
मङ्गलबार, २८ असोज २०८२, १० : ५९
सारांश
- मंगलबार सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुग्यो, जुन हालसम्मकै उच्च हो।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण स्थानीय बजारमा पनि यसको असर परेको हो।
- चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
काठमाडौँ । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
यसैबिच सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण