१६ वर्षपछि दक्षिण अफ्रिका विश्वकपमा
सारांश
- सन् २०१० पछि दक्षिण अफ्रिका फिफा विश्वकपका लागि छनोट भएको छ।
- समूह 'सी' मा नाइजेरियालाई पछि पार्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा रह्यो।
- रुवान्डालाई ३-० गोलले हराउँदै दक्षिण अफ्रिका विश्वकपको लागि छनोट भयो।
केपटाउन । सन् २०१० मा प्रतियोगिताको आयोजक बने यता दक्षिण अफ्रिका पहिलो पटक फिफा विश्वकपमा फर्कने भएको छ। विश्वकप छनोट समूह ‘सी’ मा नाइजेरिया र बेनिनलाई पछि पार्दै शीर्ष स्थानमा रहेर दक्षिण अफ्रिकाले आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।
समूहको अन्तिम चरणका खेल सुरु हुँदा बेनिन शीर्ष स्थानमा थियो। तर, प्रशिक्षक गर्नोट रोहरको बेनिन टोली नाइजेरियासँग ४-० गोल अन्तरले पराजित भयो। नाइजेरियाका लागि भिक्टर ओसिमहेनले ह्याट्रिक गरे। यस हारसँगै बेनिन तेस्रो स्थानमा झर्यो।
यसको फाइदा उठाउँदै ‘बाफाना बाफाना’ उपनामले चिनिने दक्षिण अफ्रिकाले रुवान्डालाई घरेलु मैदानमा ३-० गोलले सहजै हरायो। दक्षिण अफ्रिकाका लागि थालेन्ते म्बाथा, ओस्विन एपोलिस र एभिडेन्स माकगोपाले गोल गरे।
यस जितसँगै दक्षिण अफ्रिका ४८ टोलीको विश्वकप फाइनलका लागि छनोट हुने सातौँ अफ्रिकी टिम बनेको छ। यसअघि मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे छनोट भइसकेका छन्।
नाइजेरियाले पनि अफ्रिकी प्ले-अफमा स्थान सुरक्षित गरेको छ र अन्तरमहाद्वीपीय प्ले-अफमार्फत विश्वकपमा पुग्ने मौका बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण