बेलायतको भिसामा थप कडाइ, ए–लेभलको अङ्ग्रेजी अनिवार्य
सारांश
- बेलायत सरकारले भिसा नियम कडा बनाउदै २०२६ को जनवरी ८ देखि लागु गर्ने भएको छ।
- नयाँ नियम अनुसार आप्रवासीहरूले बेलायत प्रवेश गर्न अङ्ग्रेजी भाषामा प्रवीणता हासिल गर्नुपर्नेछ।
- यो नियम स्नातक तह पढ्न जान खोजिरहेका र 'कुशल कामदार' भिसाको लागि आवेदन दिनेहरूलाई असर गर्नेछ।
लन्डन । बेलायती सरकारले भिसा नियम ‘कठोर’ बनाएको छ । यो नियम २०२६ को जनवरी ८ देखि लागू हुने समाचारमा उल्लेख छ । यसमा केही आप्रवासीहरूले बेलायत प्रवेश गर्न अङ्ग्रेजी भाषामा ए–लेभल (उच्च माध्यमिक स्तर)को प्रवीणता हासिल गर्नुपर्नेछ ।
यसले स्नातक तह पढ्न जान खोजिरहेका आवेदकहरू र ‘कुशल कामदार’ वा ‘स्केल–अप’ भिसाका लागि आवेदन दिनेहरूलाई असर गर्ने बताइएको छ ।
यी नयाँ नियमहरू मे महिनामा जारी गरिएको श्वेतपत्रमा उल्लिखित आप्रवासन घटाउने फराकिलो योजनाको हिस्सा भएको सरकारले बताएको छ ।
‘यदि तपाईं यस देशमा आउनु हुन्छ भने तपाईंले हाम्रो भाषा सिक्नु पर्छ र समाजमा योगदान दिनु पर्छ,’ गृमहन्त्री शबाना महमूदले भनिन् ।
उनले अगाडि भनिन्, ‘देशले सधैँ ती व्यक्तिहरूको स्वागत गर्दै आएको छ, जो यहाँ योगदान दिन आउँछन् । तर आप्रवासीहरूले हाम्रो भाषा नसिकीकन यहाँ आउनु अनि हाम्रो राष्ट्रिय जीवनमा योगदान दिन असमर्थ हुनु स्वीकार्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण