राजस्थानमा बसमा अचानक आगो लाग्यो, २० जनाको मृत्यु
सारांश
- जैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।
- दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
- मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा आगलागी भएको थियो, जसमा धेरै यात्रु घाइते भएका छन्।
नयाँ दिल्ली । राजस्थानको जैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ । बसबाट १९ जनाको शव निकालिएको दुर्घटनापछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई बताए । जोधपुर रिफर गरिएको एक घाइतेको पनि मृत्यु भएको खबर आएको छ ।
‘राजस्थानको जैसलमेरमा भएको दुर्घटनामा भएको जनहानीबाट म दुखी छु । यस कठिन समयमा मेरो समवेदना प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारसँग छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन् ।
उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारु र घाइतेहरूलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रु गम्भीर रूपमा जलेका छन् ।
प्राथमिक उपचारपछि सबैलाई जैसलमेरबाट जोधपुर रिफर गरिएको थियो । यस दुर्घटनामा बस पूर्ण रूपमा जलेर खरानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण