युरिया र डिटर्जेन्ट मिलाएर बनिरहेको छ पनिर
सारांश
- भारतको उत्तर प्रदेशमा युरिया र डिटर्जेन्ट प्रयोग गरी नक्कली पनिर बनाइएको पाइएको छ।
- नक्कली पनिरमा टिनोपल र अला मिसाइएको र यसले स्वास्थ्यमा गम्भीर असर पार्ने बताइएको छ।
- खाद्य सुरक्षा तथा औषधि प्रशासनले नक्कली पनिर बनाउनेहरूलाई पक्राउ गर्न प्रहरीको सहयोग मागेको छ।
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा युरिया र डिटर्जेन्ट प्रयोग गरेर नक्कली पनिरको उत्पादन व्यापक रूपमा भइरहेको छ । पनिरलाई चम्किलो बनाउन टिनोपल र अला प्रयोग भएको पाइएको छ । यी सबै वस्तुले पनिरको विषाक्तता बढाइदिएको छ ।
राजस्थानबाट कारिगरहरूले यो पनिर बनाउने कला सिकाइरहेका भन्दै अमर उजालाले समाचार छापेको छ । भारतको खाद्य गुणस्तर नियन्त्रण गर्ने ‘खाद्य सुरक्षा तथा औषधि प्रशासन’ले यी कारिगरहरूलाई पक्राउ गर्न प्रहरीको सहयोग मागेको छ । यो पनिरको सेवनलले विभिन्न रोगहरू निम्त्याउने डाक्टरहरू बताउँछन् ।
एफएसडीएले पनिर, खुवा वा यसबाट बनाइएका मिठाईहरूको निरीक्षण गरिरहेको छ । निरीक्षण अभियान अक्टोबर ८ मा सुरु भएको थियो र अक्टोबर १७ सम्म जारी रहनेछ । यस अवधिमा लगभग डेढ करोड भारु बराबरको पनिर, खुवा र अन्य सामग्रीहरू नष्ट गरिएको छ ।
नोएडा, हापुर, मेरठ, आगरा, कानपुर, उन्नाव, लखनउ, बरेली र गोरखपुरलगायत विभिन्न जिल्लाहरूमा जफत गरिएको नक्कली पनिरबारे स्तब्ध पार्ने खालका तथ्यहरू बाहिर आएका छन् । दूधको सट्टा नक्कली पनिरमा पाम तेल, डिटर्जेन्ट, युरिया र कृत्रिम रसायनहरू मिसाइएको पाइएको छ ।
यी चिजले नक्कली पनिरको रंग अलि फिक्का हुन्छ यसको चमक बढाउन यसमा टिनोपल र अला पनि मिसाइएको पाइएको छ । टिनोपल कपडा चम्काउने वस्तु हो । यो एउटा रासायनिक यौगिक हो । यसले कपडाको सेतोपन बढाउने र यसलाई चम्किलो पार्ने काम गर्छ । आला पनि रासायनिक तत्त्व हो ।
यो सिन्थेटिक कपडाको सफा गर्न, धुन र ब्लीच गर्न प्रयोग गरिन्छ । यी दुवै स्वास्थ्यको लागि अत्यन्त हानिकारक मानिन्छ । नक्कली पनिर बनाउनेहरू विरुद्ध कडा कारबाही भइरहेको सहआयुक्त (खाद्य) हरिशंकर सिंहले बताए । पहिले पनि नक्कली पनिरका घटनाहरू रिपोर्ट गरिएका थिए, तर यस पटक चमक बढाउन टिनोपल र अला मिसाइएको घटनाहरू देखा परेको विभागका अधिकारीहरूले बताए ।
कसरी छुट्टाउने नक्कली र सक्कली पनिर ?
सक्कली चीज नरम, दुधको गन्ध भएको हुन्छ । यो पानीमा तैरिन्छ । तर नक्कली चीज कडा, रबर जस्तो हुन्छ । यसको गन्ध रासायनिक हुन्छ । पानीमा राख्दा यो डुब्छ । नक्कली चीज रबर जस्तो देखिन्छ र घोट्दा टाँसिन्छ ।
बल गरेर समाउँदा यो प्लास्टिक जस्तै उफ्रिन्छ । तातो पानीमा राख्दा, यो पग्लन र भाँचिन थाल्छ । सक्कली पनिरमा आयोडिन टिंचर हाल्दा यसको रंग परिवर्तन हुँदैन । स्टार्चको मात्राको कारण नक्कली पनिर भने नीलो वा कालो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण