धनकुटामा बस दुर्घटना, २ जनाको मृत्यु
बुधबार, २९ असोज २०८२, १७ : १७
सारांश
- धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा महालक्ष्मी नगरपालिकाका २ जनाको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–३ निगालेस्थित सडकमा विराटनगरबाट जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा महालक्ष्मी नगरपालिका–६ बस्ने ५५ वर्षीया गंगा कार्की र सोही नगरपालिका–७ बस्ने ६० वर्षीय डिल्ली बराल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण