तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने
सारांश
- सरकारले ३ करोडभन्दा बढी मूल्यको जग्गा खरिदबिक्रीमा संस्थागत कारोबार अनिवार्य गरेको छ।
- नयाँ व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त संस्थालाई ब्रोकर बनाएर मात्रै खरिदबिक्री गर्नुपर्नेछ।
- यो नियम हाल महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा मात्रै लागू हुनेछ।
काठमाडौँ । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको हो । यस अनुसार अब इजाजतपत्र प्राप्त गरेको संस्थालाई ब्रोकर बनाएर मात्रै यस्तो खरिदबिक्री गर्नु पर्नेछ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन, २०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको जनाएको छ ।
उक्त दफामा तोकिएको क्षेत्रफल वा मूल्यको भन्दा धेरैको कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार अहिले सरकारले मूल्यको सीमा निर्धारण गरेको हो ।
यो व्यवस्था हालका लागि महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा हकमा मात्रै अनिवार्य गरिएको छ । अर्थात् यो क्षेत्रभन्दा बाहिरका जग्गा कारोबारको हकमा ३ करोड भन्दा धेरैको जग्गा भए पसिन व्यक्तिगत रूपमा वा इजाजतपत्र प्राप्त नभई समेत किनबेच गर्न सकिनेछ ।
अहिलेको क्षेत्रफल निर्धारण नगरिएको मन्त्रालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण