महिला च्याम्पियन्स लिगः बार्सिलोना र चेल्सीको शानदार जित
सारांश
- बिहीबार महिला च्याम्पियन्स लिगमा बार्सिलोना र चेल्सीले शानदार जित हासिल गरे।
- बार्सिलोनाले रोमालाई ४-० गोलले पराजित गर्यो, जसमा एस्मी ब्रग्ट्स, किका नाजारेथ, अलेक्सिया पुटेलास र क्यारोलिन ग्राहाम ह्यान्सेनले गोल गरे।
- चेल्सीले पेरिस एफसीलाई ४-० गोलले हरायो, स्यान्डी बाल्टिमोर, जोहाना रिटिङ कानेरिड, एलिसा थम्पसन र एरिन कुटबर्टले गोल गरे।
काठमाडौँ । रोपेली महिला च्याम्पियन्स गमा बिहीबारको खेलमा स्पेनी क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सी दुवैले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छन्।
रोमा र बार्सिलोनाको खेलमा बार्सिलोनाले रोमामाथि ४-० को जित निकालेको छ। खेलको दोस्रो मिनेटमै एस्मी ब्रग्ट्सले गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि किका नाजारेथले ५८औँ मिनेटमा दोस्रो गोल थपिन्। कप्तान अलेक्सिया पुटेलासले ७१औँ मिनेटमा पेनाल्टीबाट गोल गरिन् भने क्यारोलिन ग्राहाम ह्यान्सेनले अन्तिम मिनेटमा चौथो गोल गर्दै जित पक्का गरिन्।
त्यस्तै, चेल्सी र पेरिस एफसीबीचको खेलमा पनि चेल्सीले ४-० ले सहज जित हात पारेको छ। स्यान्डी बाल्टिमोरले ३१औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरिन्। त्यसपछि जोहाना रिटिङ कानेरिडले ३९औँ मिनेटमा, एलिसा थम्पसनले ४७औँ मिनेटमा र एरिन कुटबर्टले ६३औँ मिनेटमा गोल गर्दै जित दिलाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण