बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुलबाट हाम फालेर १५ वर्षीया किशोरी कर्णालीमा बेपत्ता, गोताखोर झिकाउने तयारी

बिहीबार, ३० असोज २०८२, १६ : ३०
बिहीबार, ३० असोज २०८२

सारांश

  • कालिकोटको नरहरिनाथ गाउँपालिकामा १५ वर्षीया किशोरी कर्णाली नदीमा बेपत्ता भएकी छिन्।
  • किशोरीले कर्णाली करिडोर अन्तर्गत खुलालु पुलबाट हाम फालेकी थिइन्, उनी कक्षा १० मा अध्ययनरत थिइन्।
  • आन्तरिक परीक्षामा चार विषय लागेपछि उनी मानसिक तनावमा रहेको बताइएको छ, खोजी कार्य जारी छ।

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोट घर भएकी १५ वर्षीया सिर्जना बटाला कर्णाली नदीमा बेपत्ता भएकी छन् ।

मंगलबार साँझ करिब ७ बजे कर्णाली करिडोर अन्तर्गत खुलालु पुलबाट हाम फालेकी उनी अझै फेला परेकी छैनन् । खुलालु बजारमा व्यापार गर्दै आएका अनिपाल बटालाकी जेठी छोरी सिर्जना वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

दसैँ मनाउन घर गएकी उनी आन्तरिक परीक्षामा चार विषय लागेपछि मानसिक तनावमा रहेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले रातोपाटीलाई बताए ।

प्रवक्ता बोहोराका अनुसार सिर्जनासँगै अर्की एक किशोरी पनि पुलबाट हाम फाल्ने तयारीमा थिइन् तर उनी पहिला नै बेहोस भएकी थिइन् ।

बेपत्ता किशोरीको खोजीका लागि स्थानीय र प्रहरीले लगातार खोजी कार्य जारी राखेका छन् । प्रवक्ता बोहोराले सिर्जनाको खोजीका लागि गोताखोर झिकाउने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप