चाँडै आमा बन्दै कटरीना
सारांश
- बलिउड अभिनेत्री कटरीना कैफ चाँडै आमा बन्दै छिन्, अभिनेता विक्की कौशल बुबा बन्न उत्साहित छन्।
- विक्की कौशलले पहिलो पटक नयाँ अनुभवबारे कुरा गर्दै कटरीनाको डेलिभरी छिट्टै हुने बताए।
- कटरीना र विक्कीले सेप्टेम्बर २३ मा अभिभावक बन्ने घोषणा गरेका थिए र अक्टोबरमा डेलिभरी हुनसक्ने अनुमान छ।
मुम्बई । बलिउड अभिनेत्री कटरीना कैफ चाँडै नै आमा बन्ने भएकी छिन्। यसैबिच, पहिलो पटक बुबा बन्न लागेका अभिनेता विक्की कौशल बुबा बन्न निकै उत्साहित छन्।
हालै एक युवा कन्क्लेभमा पुगेका विक्कीले पहिलो पटक यो नयाँ सुरुवातबारे बोलेका छन् र कटरीनाको डेलिभरी चाँडै हुने सङ्केत दिएका छन्। विक्की कौशललाई बुबा बन्नका लागि सबैभन्दा बढी कुन कुराको प्रतीक्षा गरिरहनुभएको छ भनेर सोध्दा उनले भने- ‘सिर्फ बुबा बन्ने कुराको, मलाई लाग्छ यो धेरै ठुलो आशिष् हो। निकै उत्साहजनक समय छ। बस, हुन मात्रै बाँकी छ।’ उनले घरबाट बाहिरै ननिस्कने कुरा पनि जोडे।
कटरीना र विक्कीले सेप्टेम्बर २३ मा अभिभावक बन्न लागेको घोषणा गरेका थिए। उनीहरूले एक सुन्दर तस्बिर साझा गर्दै लेखेका थिए, ‘खुसीले भरिएका हृदयहरू र आभारका साथ हामी आफ्नो जीवनको सबैभन्दा सुन्दर अध्याय सुरु गर्न गइरहेका छौँ।’
मिडिया रिपोर्टहरूमा कटरीनाको डेलिभरी अक्टोबरको मध्यमा हुन सक्ने दाबी गरिए पनि, दम्पतीले डेलिभरी मितिबारे कुनै आधिकारिक जानकारी दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण