यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू (सूचीसहित)
सारांश
- सरकारले विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
- मन्त्रीपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।
- फिर्ता बोलाइएका राजदूतहरूमा कृष्ण प्रसाद ओली, शैल रुपाखेती, र धनप्रसाद पण्डित लगायत छन्।
काठमाडौँ । सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
फिर्ता बोलाइएकाहरूमा चीनका लागि नेपाली राजदूत प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डाक्टर शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित छन् ।
यस्तै मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको खरेलले बताए ।
फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी कार्तिक २० गतेसम्म स्वदेश फर्कन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण