इजरायली आक्रमणमा यमनका हुथी समूहका सैन्य प्रमुखको मृत्यु
सारांश
- इरान समर्थित हुथी विद्रोही समूहका सैन्य प्रमुख इजरायली आक्रमणमा मारिएका छन्।
- हुथी समूहले आफ्ना सैन्य प्रमुखको हत्याको बदला लिने चेतावनी दिएको छ।
- इजरायलले हुथी सैन्य मुख्यालयमा आक्रमण गरेको र त्यसको परिणामस्वरूप सैन्य प्रमुखको मृत्यु भएको बताइएको छ।
साना । यमनी हुथी विद्रोही समूहका सैन्य प्रमुख इजरायली आक्रमणमा मारिएको इरान समर्थित उक्त समूहले बिहीबार बताएको छ । समूहले आफ्ना सैन्य प्रमुखको हत्याको बदला लिने चेतावनी दिएको छ।
हुथी लडाकू समूहको सैन्य शाखाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मेजर जनरल मोहम्मद अल–घमारीको इजरायली शत्रुविरुद्धको सम्मानजनक लडाइँमा मृत्यु भएको छ ।’
उनको मृत्युको घोषणा दुई वर्षे गाजा युद्धमा युद्धविराम भएको केही दिनपछि गरिएको हो । हुथीहरूले प्यालेष्टिनी हमास समूहमाथि इजरायलले गरेको आक्रमणको विरोध र प्यालेष्टिनी समूहको सहयोगका लागि प्रतिवद्धता जाहेर गर्दैे ‘रेड सी’ क्षेत्रमा बारम्बार इजरायली लक्षित आक्रमण भन्दै मालवाहक जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।
हुथी समूहले आफ्ना सैन्य कमाण्डरविरूद्ध आक्रमण र को हत्याको मिति भने सार्वजनिक गरेको छैन । हुथीले आफ्ना कमाण्डर (सैन्य प्रमुख) सहित केही लडाकू र घमारीका१३ वर्षीय छोराको इजरायली आक्रमणबाट मृत्यु भएको बताएको हो ।
अन्तिम पटक सेप्टेम्बरको अन्त्यमा यमनमा भएको ठूलो इजरायली हवाई आक्रमणको लक्ष्यमा हुथी समूहको सैन्य मुख्यालय पनि परेको इजरायली सेनाले आक्रमणपछि सेप्टेम्बरमा नै जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
तर इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल एक्समा बिहीबार गरेको पोस्टमा अगस्टको अन्त्यमा भएको हमलामा हुथी प्रधानमन्त्री र उनको क्याबिनेटका आधाभन्दा बढी सदस्यको मृत्यु भएको थियो भने आक्रमणबाट घाइते बन्नुभएका घमारीको पछि मृत्यु भएको हुनसक्ने बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘हामीलाई हानि पुर्याउन खोज्ने आतंकवादी कमान्डरहरूको श्रृंखलामा उनी मारिएका छन् ।’
इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको शिखर’ को एक हिस्सा हुथीहरूले गाजा युद्धको क्रममा इजरायली सेना र अमेरिकी जहाजमाथि आक्रमण गरेका थिए।
विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले आफ्नो अभियानको क्रममा ड्रोन र मिसाइलसहित १एक हजार ८३५ युद्ध सामग्री तैनाथ गरी ७५८ सैन्य अपरेसन गरेका थिए।’
हुथी समूहले भनेको छ, ‘दुश्मनसँगको द्वन्द्वको चरण समाप्त भएको छैन । यहुदी र ‘शत्रु’ इजरायलले गरेको अपराधको कडा मूल्य चुकाउनु पर्ने धम्की दिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण