पुनः निर्माण कोषमा ६ करोड ७ लाख रुपैयाँ मात्रै सहयोग
सारांश
- जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनः निर्माणका लागि ६ करोड ७ लाख रुपैयाँ सहयोग जम्मा भएको छ।
- अर्थ मन्त्रालयका अनुसार, कोषमा अपेक्षित रकम संकलन हुन सकेको छैन।
- विगतमा दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रले सहयोग गरेपनि यसपटक उद्योगी व्यवसायीबाट सहयोग प्राप्त भएको छैन।
काठमाडौँ । जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनः निर्माण गर्न बनाइएको भौतिक पूर्वाधार पुनः निर्माण कोषमा ६ करोड ७ लाख मात्रै सहयोग प्राप्त भएको छ ।
आन्दोलनपछि बनेको सरकारले गत ८ असोजमा स्थापना भएको कोषमा आजसम्म ६ करोड ७ लाख मात्रै सहयोग जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले सरकारी संरचना पुनः निर्माणको लागि स्रोत व्यवस्थापन गर्न खोलिएको कोषमा अपेक्षित रकम संकलन हुन सकेको छैन ।
मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले सबै पक्षको सहभागितामा पुनः निर्माण कार्य अघि बढाउन स्थापना गरिएको कोषमा बिहीबारसम्म ६ करोड ६ लाख रुपैयाँ जम्मा भएको बताए ।
उनले भने,‘ जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति भएका सरकारी संरचना पुनः निर्माणको लागि कोष स्थापना गरिएको हो । सरकारको उद्देश्य पुनः निर्माण कार्यमा सबै जनाको सहभागिता होस् भनेर कोष बनेको हो ।’
विगतमा भूकम्प, कोभिड तथा बाढीपहिरो गएका वेला सरकारले आह्वान गर्ने गरेको दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रले ठुलो सहयोग गर्ने गरेका थिए । तर यस पटक व्यापारिक प्रतिष्ठानमा नै ठुलो क्षति भएकाले उद्योगी–व्यवसायीको समूहबाट कोषमा रकम सहयोग भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण