जापानमाथि ओमानको सहज जित
सारांश
- ओमानले टी-ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा जापानलाई ९ विकेटले पराजित गर्यो।
- ओमानले १०४ रनको लक्ष्य १७ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो, जसमा हामेद मिर्जाले ५० रन बनाए।
- जापानका लागि इब्राहिम ताकासीले २९ रन बनाए भने ओमानका सुफ्यान मेहमोदले ३ विकेट लिए।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको आफ्नो अन्तिम खेलमा ओमानले जापानमाथि सहज जित निकालेको छ ।
शुक्रबार भएको खेलमा ओमानले जापानमाथि ९ विकेटको जित निकालेको हो । अल इमिरेट्स क्रिकेट मैदानमा जापानले दिएको १०४ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
ओमानका लागि हामेद मिर्जाले नट आउट ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै अमिर कलेमले २८ रन बनाउँदा वासिम अलीले २५ रनको योगदा गरे ।
यता जापानका लागि चार्लेस हिन्जेले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन बनायो ।
जापानका लागि इब्राहिम ताकासीले २९ रनको योगदान गरे । त्यस्तै हिन्जेले १५ रन बनाउँदा इसामा रहमानले १२ रन जोडे ।
ओमानका लागि सुफ्यान मेहमोदले तीन विकेट लिँदा शाह फैजल, नदीम खान र जितेन रमानन्दीले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण