टी–२० विश्वकप छनोटको विजेता टिमलाई जनार्दन शर्माले दिए बधाई
शुक्रबार, ३१ असोज २०८२, २२ : ४१
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले टी-२० विश्वकप छनोटको च्याम्पियन बनेकोमा नेपाली टिमलाई बधाई दिएका छन्।
- उनले फेसबुकमार्फत विजयी नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका हुन्।
- नेता शर्माले आगामी विश्वकपका लागि सफलताको कामना गरेका छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले टी–२० विश्वकप छनोटको च्याम्पियन बनेकोमा नेपाली टिमलाई बधाई दिएका छन् । नेता शर्माले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका हुन् ।
नेता शर्माले भनेका छन्– ‘नेपाली क्रिकेट टिम अपराजित रहेर टी–२० विश्वकप छनोटको च्याम्पियन बनेकोमा सम्पूर्ण नेपाली टिमलाई हर्दिक बधाई तथा शुभकामना।’
उनले विजयी टिमलाई आगामी विश्वकपका लागि सफलताको कामना समेत गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको थियो ।
शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै नेपालले ट्रफी जितेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण