खोटाङ–खावा भञ्याङ सडक स्तरोन्नति
सारांश
- टेम्केमैयुङ गाउँपालिकाको खोटाङ-हुँगे-चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ।
- सडक 'ग्राभेल' भई नाली र पर्खाल निर्माण भएपछि आवतजावत, आर्थिक गतिविधि र सेवा सुविधामा सहज भएको छ।
- खोङटाङदेखि खावा भञ्याङसम्मको करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्नति गरिएको हो।
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ ।
पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भई नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न सहज बनेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवा सुविधा पहुँचमा सहज भएको हो ।
सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पुर्याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ । खोङटाङदेखि खावा भञ्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्नति गरिएको हो । गाउँपालिकाको पहलमा सङ्घीय सरकारको बजेटमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
यो सडक पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिपछि स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए । “पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पर्थ्यो”, उनले भने, “अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण