जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
सारांश
- गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट ठहरियो।
- पर्वत प्रशासनले ९५.७१ अंक प्राप्त गरी देशभरिमै पहिलो स्थान हासिल गरेको छ।
- कार्यालयले नागरिक सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा र प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ।
पर्वत । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ ।
गत आर्थिक वर्ष विसं २०८१–०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष विसं २०८१–०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो ।
गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ ।
“हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने, तथा प्रशासनिक काममा चुस्ती ल्याउनेजस्ता प्रयासहरू गरेका छौँ”, प्रजिअ घिमिरेले भने, “यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम हो ।”
यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता र हौसला मिलेको उनको भनाइ छ । कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका छन् । छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छभने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरको ७३ दशमलव ८२ अङ्क प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण