एक करोडको कारोबारसँगै तेस्रो 'तिहार फ्लोरा एक्स्पो '२०८२ सम्पन्न
सारांश
- काठमाडौंमा पाँच दिने 'तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२' एक करोडको कारोबारसहित सम्पन्न भयो।
- एक्स्पोमा ३५ हजारभन्दा बढीले अवलोकन गरे भने नायिका मनिषा कोइरालाले रैथाने बिरुवाको जगेर्ना गर्न सुझाव दिइन्।
- कार्यक्रममा व्यवसायीहरूलाई पुरस्कार वितरण गरियो र आगामी एक्स्पोमा रैथाने बिरुवालाई प्राथमिकता दिइने प्रतिबद्धता जनाइयो।
काठमाडौँ । पाँच दिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ एक करोडको कारोबारसहित शनिबार सम्पन्न भएको छ ।
नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ शनिबार एक करोडको कारोबारसहित सम्पन्न भएको हो । यस एक्स्पोको ३५ हजारभन्दा बढीले अवलोकन गरेका थिए ।
एक्स्पो संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिँदै एक्स्पोले अपेक्षा गरेभन्दा धेरै अवलोकनकर्ता पाएकाले नर्सरी व्यवसायीहरूमा उत्साह थपिएको बताइन् ।
तिहार फ्लोरा एक्स्पो २०८२ को समापन कार्यक्रममा पुगेकी नायिका मनिषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको जगेर्ना र प्रदर्शन गर्न सुझाइन् । चर्चित नायिका कोइरालाले वातावरण कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा कोभिडका बेला आफूले भोगेको अनुभवसमेत नर्सरी व्यवसायीहरूसँग साटिन् ।
संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवाहरूलाई समेत प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीहरूलाई प्रोत्साहन गर्न घर-घरमा राखिएका नर्सरी तथा फूलहरूलाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने अध्यक्ष तिमिल्सिनाले बताए ।
कार्यक्रममा पूर्ववातावरण मन्त्री गणेश शाहले वातावरण जोगाउने अभियानमा सबैले साथ दिनुपर्ने बताए ।
यस एक्स्पोमा ६२ वटा व्यावसायिक स्टलका साथै वनस्पति विभाग, पुष्प विकास केन्द्रसहित ४ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाका ४ वटा स्टलसमेत गरी जम्मा ७० वटा स्टल रहेका थिए ।
कार्यक्रममा व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई उनीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोट बिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको थियो । साथै, एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउ बिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको थियो ।
एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका थिए । नर्सरी व्यवसायी संघले तिहार लक्षित तिहार फ्लोरा एक्स्पो र चैत्रमा हर्टिकल्चर एक्स्पो गरी वर्षमा २ वटा मेला नेपाली उत्पादन प्रवर्द्धनका लागि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण