शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ भएको अमेरिकी दूत विटकोफको भनाइ

शनिबार, ०१ कात्तिक २०८२, २२ : ५४
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • अमेरिकी वार्ताकार स्टिभ विटकोफले इजरायलले कतारमा हमास वार्ताकारहरूलाई लक्षित गर्दा 'विश्वासघात' महसुस गरे।
  • इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा कतारको भूमिका महत्वपूर्ण रहेको थियो।
  • ट्रम्पको दबाबमा नेतान्याहुले कतारका प्रधानमन्त्रीलाई दोहा आक्रमणका लागि माफी मागेका थिए।

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारमा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले ‘विश्वासघात’ भएको महसुस गरेको बताएका छन्। 

इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा विटकोफसँग काम गरेका ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सीबीएस अन्तर्वार्तामा उनले भने, “उनले सेप्टेम्बर ९ मा दोहामा भएको आक्रमणको बारेमा बिहान मात्रै थाहा पाएको बताए।

कतार अमेरिकाको एक प्रमुख सहयोगी हो र गाजा युद्ध अन्त्यको प्रयासमा मध्यस्थकर्ताको रूपमा काम गरेको थियो।

“मलाई लाग्छ, जेरेड र म दुवैले कतारमा आक्रमण हुनुलाई थोरै धोका महसुस गर्‍यौँ,” विटकोफले सीबीएस समाचार कार्यक्रम ‘सिक्स्टी मिनेट’ लाई दिएको अन्तरवार्ताको शुक्रबार सार्वजनिक एक अंशमा भनेका छन्। पूर्ण अन्तर्वार्ता आइतबार प्रसारण हुने कार्यक्रम छ।

त्यस समयमा, हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणबाट सुरु भएको विनाशकारी गाजा पट्टीमा लडाइँ अन्त्य गर्न अप्रत्यक्ष वार्ता प्रक्रिया रोकिएको थियो।

“यसले युद्धविराम पहलमा प्रभाव पारेको थियो किनकि इजिप्ट र तुर्कहरूजस्तै कतारीहरू वार्ताका लागि महत्त्वपूर्ण थिए,” विटकोफले भने।

उनले भने, “हामीले कतारीमाथिको विश्वास गुमाएका थियौँ । यसैले हमासका अधिकारी भूमिगत भए र कतारविना उनीहरूलाई प्राप्त गर्न धेरै गाह्रो थियो।”

त्यतिबेला सामाजिक सञ्जालमा ट्रम्पले दोहामा हवाई आक्रमण गर्ने निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबाट आएको बताएका थिए। 

इजरायल र हमासले अन्ततः ट्रम्पले प्रस्तुत गरेको बन्धक र कैदीहरूको रिहाइ र दुई वर्षको घातक द्वन्द्वपछि युद्ध विरामको आह्वान गरिएको २० बुँदे शान्ति योजनालाई स्वीकार गरे।

यसै महिना ह्वाइट हाउस भ्रमणका क्रममा ट्रम्पको दबाबमा नेतान्याहूले कतारका प्रधानमन्त्रीलाई फोन गरी दोहा आक्रमणका लागि माफी माग्न बाध्य हुनुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप