गुल्मीमा एक पुरुषको मृत अवस्थामा फेला
आइतबार, ०२ कात्तिक २०८२, १३ : ३८
सारांश
- गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन्।
- मृत्यु हुनेमा ६३ वर्षीय मीनबहादुर घर्ती रहेका छन्, जो हिजोदेखि घर फर्केका थिएनन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
गुल्मी । गुल्मी जिल्लामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका– ६ रजस्थल नियालपानीका ६३ वर्षीय मीनबहादुर घर्ती मृत फेला परेका हुन् ।
उनी हिजोदेखि घर नआएको र स्थानीयले खोज्दै जाँदा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि तम्घास पठाउने तयारी गरिरहेको छ ।
घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण