किसानलाई पराल नबाली गौशालालाई दिन बुटवल उपमहानगरको आग्रह
आइतबार, ०२ कात्तिक २०८२, १३ : ५९
सारांश
- बुटवल उपमहानगरपालिकाले किसानहरूलाई धानको पराल नजलाउन आग्रह गरेको छ।
- पराल जलाउँदा वातावरण प्रदूषण हुने र स्वास्थ्यमा असर गर्ने भन्दै गौशालामा दिन अनुरोध छ।
- नगरपालिकाले किसानलाई पराल गौशालामा उपलब्ध गराउन र ढुवानीको व्यवस्था गर्ने जनाएको छ।
रुपन्देही । बुटवल उपमहानगरपालिकाले किसानहरूलाई धान बाली स्याहारेपछि पराल नजलाउन आग्रह गरेको छ। पराल जलाउँदा वातावरणमा प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले उपमहानगरले यस्तो अपिल जारी गरेको हो।
नगरप्रमुख खेलराज पाण्डेयले किसानहरूलाई खेर जाने परालजन्य वस्तुहरू बुटवलकै नन्दिनी गौशालामा गाईबस्तुको आहारका लागि उपलब्ध गराउन अनुरोध गरेका छन्। पछिल्लो समय तराईका विभिन्न ठाउँमा धान स्याहारेपछि किसानहरूले खेतमै पराल जलाउने गरेको पाइएको छ।
उपमहानगरपालिकाले बुटवल-७, शिवनगर जङ्गलमा रहेको उक्त गौशालामा छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ। उपमहानगरले पराल उपलब्ध गराउन चाहने किसानका लागि ढुवानीको व्यवस्थापन समेत आफैँले गर्ने जनाएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण