दुई ठाउँबाट जुवातास खेलिरहेका १८ जना पक्राउ
आइतबार, ०२ कात्तिक २०८२, १४ : ०८
सारांश
- सल्यान र नवलपरासीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
- सल्यानमा लोक बहादुर बुढाथोकीको घरबाट ६ जना र नगद १ लाख ७ हजार ६ सय २५ रुपैयाँ बरामद गरियो।
- नवलपरासीमा कौडा खेलिरहेको अवस्थामा १२ जना र ८२ हजार ९ सय ६० रुपैयाँ प्रहरीले जफत गर्यो।
काठमाडौँ । सल्यान र नवलपरासी पूर्वका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
सल्यानको शारदा नगरपालिका-१, श्रीनगरमा लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुरसहित ६ जना आइतबार बिहान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरूबाट नगद १ लाख ७ हजार ६ सय २५ रुपैयाँ र ११ बुक तास बरामद गरेको छ।
त्यसैगरी, नवलपरासी पूर्वको कावासोती नगरपालिका-८, सुर्वणाचोकमा कौडा खेलिरहेको अवस्थामा बसन्त राज घिमिरेसहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले उनीहरूबाट नगद ८२ हजार ९ सय ६० रुपैयाँ र १६ थान कौडा बरामद गरेको हो।
पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण