यो देश मेरो मात्रै होइन, मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे यहाँ छन् : केपी ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई निजी सम्पत्ति नठान्न आग्रह गर्दै सबैको जिम्मेवारी हुनुपर्ने बताए।
- ओलीले आफू ७३ वर्षको भइसकेको र आफूभन्दा धेरै बाँच्ने मानिसहरूले देशको बारेमा सोच्नुपर्ने बताए।
- उनले आफ्नो सम्पत्ति छानबिन गर्न सम्पादक मण्डल वा पत्रकार महासंघलाई आग्रह गर्दै सांसदको खाता रोक्का गर्न सकिने बताए।
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश आफ्नै निजी सम्पत्ति नभएको भन्दै आफूभन्दा धेरैले यहाँ लामो समय बाँच्नुपर्ने भएकाले देशप्रतिको जिम्मेवारी सबैमा हुनुपर्ने बताएका छन्।
आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा उनले व्यक्तिगत सम्पत्ति र पारदर्शिताबारे खुलेर जवाफी टिप्पणी गरे।
ओलीले भने, ’देश मेरो मात्रै होइन। मैले मात्रै दुख पाउने अवस्था होइन। म ७३ वर्ष पुगेँ। मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे धेरै छन्। देशको बारेमा मैले भन्दा धेरै अरूले सोच्नुपर्ने छन्।’
उनले आफ्नो सम्पत्ति जसले छानबिन गर्दा पनि हुने बताए । उनले थपे, “मेरो सम्पत्ति छानबिन गरिदिनुस्। सम्पादक मण्डलले गरेपनि हुन्छ। पत्रकार महासङ्घले गरेपनि हुन्छ। मैले सांसदको रूपमा पाएको खाताको पैसा छ, त्यही रोक्का गरे हुन्छ। त्यति छानबिन गर्न आयोग चाहिन्छ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
-
बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण