नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
आइतबार, ०२ कात्तिक २०८२, १५ : २५
सारांश
- प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी गणेश कुमार श्रेष्ठलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।
- गणेश कुमार श्रेष्ठलाई मन्त्रिपरिषद्को निर्णय अनुसार असोज ३० गते रथी दर्जामा पदोन्नति गरिएको थियो।
- पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षको जिम्मेवारीमा नियुक्त भएका छन्।
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई आइतबार रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार श्रेष्ठ असोज ३० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका थिए। पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षको जिम्मेवारीमा नियुक्त भएका छन्। दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथी, अधिकृतहरू तथा पदोन्नति भएका रथी श्रेष्ठका परिवारजनको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण