गोपालमान भन्छन् : मलाई भूमिका चाहियो भन्दिनँ, आवश्यक पर्यो भने पछि पनि हट्दिनँ
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफूलाई भूमिका चाहियो नभन्ने तर आवश्यक परेमा पछि नहट्ने बताएका छन् ।
श्रेष्ठले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनमा आफूलाई यो भूमिका चाहियो नभन्ने तर आवश्यक पर्यो भने पछि नहट्ने बताए । ‘मलाई यो भूमिका चाहियो भन्ने छैन । जब जब सङ्कट पर्छ त्यो बेला गोपालमान आउँछ । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता ‘टेक ओभर’ गर्दा डेढ वर्ष कार्यवाहक सभापति भएर चलाएको हुँ ।’
उनी कांग्रेस फुटेर प्रजातान्त्रिक भएको बेलामा शेरबहादुर देउवा जेलमा पर्दा डेढ वर्ष कार्यवाहक सभापति भएर चलाएका थिए । श्रेष्ठ कार्यवाहक सभापति भएको बेलामा राजा ज्ञानेन्द्रको कदमको विरोध गर्दै तत्कालीन सात दलले आन्दोलन गरेका थिए । त्यो आन्दोलनमा कांग्रेस प्रजातान्त्रिकको तर्फबाट नेतृत्व गरेका थिए ।
पार्टीको १५ औँ महाधिवेशनबाट ४० देखि ४० प्रतिशत युवाहरूलाई केन्द्रीय समितिमा ल्याउनुपर्ने बताए । दलहरूले गरेको कार्यको असन्तुष्टिका कारण जेनजी आन्दोलन भएको बताए ।
‘दलहरूले गरेको कार्यको असन्तुष्टिका कारण जेनजी आन्दोलन भएको हो,’ श्रेष्ठले भने, ‘जसले बदमासी गरेको छ, जसले भ्रष्टाचार गरेको छ त्यसलाई माया गर्ने बेला छैन ।’
उनले पार्टीको १५ औँ महाधिवेशन ६ देखि ८ महिनाभित्र हुने र त्यसमा युवा प्रतिनिधित्व बढाउनुपर्ने बताए ।उनले युवाहरूले अग्रजहरूलाई निषेध नगरी सल्लाह सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।
पार्टीमा देउवापछि आफू सिनियर भएको बताए । नयाँ र पुरानाले समन्वय गरेर अगाडि बढ्नु पर्ने श्रेष्ठको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण