ला लिगाः गेटाफेमाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित
सारांश
- रियल म्याड्रिडले गेटाफेलाई १-० गोलले पराजित गर्यो, जसमा एम्बाप्पेले निर्णायक गोल गरे।
- खेलमा गेटाफेका दुई खेलाडीले रातो कार्ड पाएपछि रियल म्याड्रिडले जित सुनिश्चित गर्यो।
- यो जितसँगै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा अझै बलियो भएको छ, जसमा २४ अंक रहेको छ।
काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समयअनुसार सोमबार सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेमाथि १-० को कठिन जित हात पारेको छ। खेलको निर्णायक गोल फ्रेन्च स्टार किलियन एम्बाप्पेले ८०औँ मिनेटमा गरेका थिए।
पहिलो हाफभर दुवै टोलीबीच बराबरीको प्रतिस्पर्धा देखिए पनि दोस्रो हाफमा म्याड्रिडले बलमा नियन्त्रण जमाउँदै दबाब बढाएको थियो। अन्ततः खेलको अन्त्य तिर एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाउन सफल भए ।
गेटाफेका एलन नियोमले खेलको ७७ औँ मिनेट रातो कार्ड पाएका थिए भने ८४ औँ मिनेटमा अर्का खेलाडी एलेक्स सान्क्रिसले पनि रातो कार्ड पाउँदै मैदान छाडेका थिए । खेलको अन्त्यतिर गेटाफे १० खेलाडीमा सीमित भएपछि म्याड्रिडले सहजै जित जोगायो।
यो जितसँगै तीन अङ्क प्राप्त गर्दै रियल म्याड्रिडले तालिकाको शीर्ष स्थानमा पुगेकाे छ। ९ खेल खेलेको म्याड्रिडको २४ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण